नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले प्रथम पालिका स्तरीय अधिवेशन सितगंगा नगरपालिकामा सम्पन्न

| २०७८ फागुन १७ गते २१: ०९ मा प्रकाशित

गणेश खनाल। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले प्रथम पालिका स्तरीय अधिवेशन सितगंगा नगरपालिकामा सम्पन्न गरेको छ ।

सितगंगाको ठाडामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका कोषाध्यक्ष पशुपती खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले सितगंगा नगरपालिका सचिव रिषिराम घिमिरे, अथितिहरु :  सिबिय उपाध्यक्ष हरि डुम्ब्रे, सिबिय सदस्य लालमणी खनाल, नेपाल निजामती कर्मचारी युनियन सितगंगाका अध्यक्ष नुमलाल खनाल, पत्रकार संगिता पौडेल लगायत करिव ३५ जनाको उपस्थितिमा सम्पन्न भएको छ। जसमा स्वागत मन्तव्य लालमणी खनाल र संचालन संगठनका सदस्य सुवर्ण खनालले गर्नु भएको छ ।

उक्त भेलाले नगेन्द्र नेपालको अध्यक्षतामा २१ सदस्य कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा गणेश बहादुर थापा, माया क्षेत्री , राम प्रसाद खनाल, सचिवमा बिनोद पोख्रेल , सह सचिव बिबेक के सि, रिषी बहादुर खनाल कोषाध्यक्षमा रिषिराम भुसाल, सह कोषाध्यक्ष दिपा श्रेष्ठ, सदस्यहरुमा क्रमशः राम कुमार सिजाली, थानेश्वर पौडेल, मेघलाल बेल्बासे, जुन बहादुर पुलामी, धिरेन्द्र धामी, मधु भुसाल, नरमाया सुवेदी बस्याल, हिमलाल भुसाल, ममता क्षेत्री, मिना पन्थी, रिता खनाल र निता भट्टराई रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्