भुमिकास्थानमा नगर स्तरीय बाल क्लब सञ्जालको गठन

| २०७८ चैत ४ गते १९: ०९ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा नगर स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । भुमिकास्थान नगरपालिकाको 
कार्यालयमा आज भएको वालवालिकाको भेलाले विशाल ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नगर स्तरीय बाल क्लबको गठन गरेको हो । 

बाल क्लब गठन कार्यक्रमको उद्धाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले गाउँका हुने विकृती र विसंगती हटाउन बालक्लबको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । नगर उप प्रमुख खडानन्द बेल्वासेले गाउँका हुने बालबिबाह, तथा वालवालिका माथी हुने हिंसाको बिरुद्धमा जनचेतना जगाउने खालका कार्यक्रम बालक्लबले गर्नु पर्ने बताउनु भयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्रीले बाल क्लबले गाउँमा हुने विकृति र विसंगती मात्र नभई विद्यालयमा हुने पढाईको गुणस्तरपनि सुधार गर्ने खालका कार्यक्रमहरु गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यालयमा शिक्षकहरुको निगरानी पनि बालक्लबहरुले गर्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नम्वर ९ का अध्यक्ष नारायण खनाल, शिक्षा शाखा प्रमुख तुबलाल सापकोटा , योजना शाखा प्रमुख कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नगरपालिकाका महिला  बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यको स्वागत मन्तब्य र शेषकान्त घिमिरे (ओशन) को सञ्चालनमा सम्पन्न भएको हो । 

बाल क्लबको उपाध्यक्षमा उपाध्यक्षमा आस्था खनाल, नबिना वलि , सचिव साबित्रा पोख्रेल सहसचिव अंजली वि क, कोषाध्यक्ष सुजल पोख्रेल रहेका छन् ।  जस्को सदस्यमा सदस्यमा  बबिता भट्टराई , गृष्मा सुनार , दिपा बन्जाडे, सृजना भट्टराई,  बिनोद बन्जाडे, केशव बेल्बासे , आश्विन गैरे,  अप्सरा रायमाझी,  श्रुता बस्नेत,  प्रशंसा खनाल र बर्षा आले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्