अर्घाखाँची,झनक केसि। शितगङ्गा नगरपालिकामा प्रथम शितगङ्गा उपमेयर कप टि-२० क्रिकेट कप २०७८ सुक्रबार आजबाट सुरु भएको छ ।शितगङ्गा नगरपालिका वार्ड न १२ रजियामा पर्ने नगरको खेलकुद मैदान आजबाट प्रथम उपमेयर कप कृकेट प्रतियोगिता सुरु भएको छ। "शीतगङ्गाको शान खेलमैत्री नगर हाम्रो पहिचान" भन्ने मुल नाराका साथ सुरु भएको प्रथम शितगङ्गा उपमेयर कप टि-२० कृकेट कप चैत १३ गते सम्म संचालन हुने छ।
प्रतियोगिताका खेल संयोजक रुपेश गौचनको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि शितगङ्गा नगरपालिका उपप्रमुख टीका रेस्मी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा शितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी रहनु भएको थियो । विशेष अतिथिमा शितगङ्गा नगरपालिका प्रशासकिय प्रमुख झबिन्द्र खनाल,अतिथि वार्ड अध्यक्ष बाबुराम गैरे लगाएत सबैवार्डका अध्यक्षहरु विभिन्न पार्टिका प्रतिनिधी संघ सस्थाका प्रतिनिधि खेलप्रेमी पत्रकारहरु रेफृ अफिसियल,लगाएत खेलाडीहरुको आतिथ्यतामा प्रमुख अतिथी नगर उपप्रमुख रेस्मिले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो।
कार्यक्रमको स्वागत मन्तब्य खेलप्रेमी सन्तोष आलेले गर्नु भएको थियो। भने कार्यक्रम संचालन नितिस खनालले गर्नु भएको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेस्मिले खेलकुदमा शितगङ्गाले पनि फडको मारेको कृकेटलाई चिनाउन नगरले पहिलो पटक उपमेयर कप कृकेट कप संचालन गरेर सहयोग गरेको बताउनु भयो । साथै कृकेटले खेलाडी उत्पादन गर्न सहयोग गरेको बताउनु भयो । खेलाडिले मैदानमा ठुलो सपना लिएर अनुशासित भएर खेल खेल्न आग्रह गर्नु भयो । यसै गरि बिशिस्ट अतिथिको आसनबाट बोल्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारिले हाम्रो अर्घाखाँचीको दक्षिण खाचिमा कृकेट्को सफलताहुनुमा कृकेट बिकाश समितिको पनि महत्त्व रहेको बताउनु भयो ।अधिकारिले कृकेट खेल्दा मनोरञ्जनका लागी मात्र नभएर राम्रो खेलाडी बन्ने सपनाका साथ खेल्न आग्रह गर्नु भयो ।
सपना ठुलो देख्न खेलाडीलाई आग्रह गर्दै अधिकारीले भने यस प्रतियोगिताबाट शितगङ्गाका उत्कृष्ट खेलाडी र टिमलाई थप हौसला प्रधान गर्न नगरमा खेलकुद समिती बनेको छ विभिन्न बिधामा जिल्ला बाहिर जादा नगरले सहयोग र सपोर्ट गर्ने बताउनु भएको थियो । प्रथम शितगङ्गा उपमेयर कृकेट कपको सफलताले अन्य प्रतियोगिता भइ रहेको अधिकारीले बताउनु भयो । प्रतियोगितामा नगर भित्रका १५ टिमको सहभागिता जनाएको आयोजक तथा ब्यबस्थापनका बिराट बेल्बासेले बताएका थिए।
यसठाउमा जति धेरै कृकेट प्रतियोगिता भए पनि स्थानिय क्षेत्रमा सहकार्य गरेर अगाडि बढन आवश्यक रहेको बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार सहित ट्रफि प्राप्त गर्ने र उपबिजेताले नगद पुरस्कार सहित ट्रफी प्राप्त गर्ने छ्न संयोजक गौचनले बताएका छन।
प्रतिक्रिया दिनुहोस्