शितगङ्गाको शुवर्णखालमा वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु

| २०७८ चैत १८ गते १७: ५४ मा प्रकाशित

झनक केसि। अर्घाखाँची जिल्ला सितगङ्गा नगरपालिका वार्ड न १ सुर्वणखालमा वार्ड स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता खेलप्रेमी मान बहादुर सिंन्जापती,प्रमुख अतिथी सितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी,बिशिस्ट अतिथी यसै वार्डका अध्यक्ष बुद्धि कृष्ण पौडेल,अतिथि कार्यपालिका सदस्य राम बहादुर दर्नाल,अतिथी इप्रका ठाडाका सह-इन्चार्ज सालिक राम खनाल,विभिन्न पार्टिका प्रतिनिधी,संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,सहयोगी दाताहरुको आतिथ्यतामा भलिबल प्रतियोगिता उद्घाटन गरिएको थियो.

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको जानकारी प्राप्त भएको छ। जस  मध्य उद्घाटन खेल सिनपा ३ ठाडा  भर्सेज आयोजक (बि) खेलेका थिए जसमा आयोजकले पहिलो सेट २७/२६ र दोस्रो सेट १५/१४ सहित खेल घम्सा घम्सीको विरुद्ध आयोजक (बि) जित हात पारेको छ। तेस्तै डिभर्ना भर्सेज निपाने सेवा समाजको खेलमा डिभर्नाले सेवा समाजलाई सोजो सेट निकालेको थियो।

अन्य खेल भोलि बिहान ८ बजेदखी नै सुरु हुने आयोजकले बताएका छन ,कार्यक्रमको संचालक खिम अधिकारिले गर्दै छन। प्रमुख रेफृको बिक्रम घर्तिले गर्दै आएका छन। 

कार्यक्रमलाई सफल बनाउन सहयोगि दाताहरुले व्यापारी लगायत देश बिदेशबाट आर्थिक सहयोग गरेको खेल संयोजक मान बहादुर सिंजापतीले जानकारी दिए। जस मध्य पुरस्कार रासी  प्रथम पुरस्कार बत्तिस हजार एकसय द्वितीय पुरस्कार बाईस हजार एकसय तृतीय पुरस्कार एघार हजार एकसय सहित ट्रफी मेडल र प्रमाणपत्र साथै उकृष्ठ बिधामा नगद सहित ट्र्फि रहेको सिंजापतिले बताए। 

खेलको सम्पुर्ण ब्यवस्थापन सुर्वलखाल युवा क्लबले गर्दै आएको साथै खेल
 टिटि सिस्टमबाट खेलाइए पनी ३ दिनमा खेल समापन हुने अनुमान रहेको सिंजापति बताएका छन।

प्रतिक्रिया दिनुहोस्