जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा शिनपाका विभिन्न पसलमा अनुगमन:म्याद खुज्रिएका अखाद्य वस्तु बरामद

| २०७९ बैशाख १६ गते ००: ४५ मा प्रकाशित

बाबुराम रसाईली ,अर्घाखाँची।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज शितगंगा नगरपालिका वडा न ३ र ४ मा रहेका बजारहरु ठाडा, अमराई, चाक्लामा रहेका करिब २५ खाद्य पसलमा विहिवार अनुगमन गरिएको छ । अनुगमनका क्रममा पसलहरुबाट म्याद खुज्रिएका अखाद्य वस्तु बरामद गरिएको छ । उक्त पसलहरुबाट भुजा, सुर्तीजन्य पदार्थ, चुरोट, मेथि, सुजी, सर्फ, लगायतका म्याद गुज्रिएका अखाद्य वस्तुहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज भुसालले बताउनुभयो ।

साथै अनुगमनका क्रममा पसलनै दर्ता नगरि सञ्चालन गरेका, पसल दर्ता भएपनि मुल्यसुची नराखेका व्यापारिलाई पसलमा मुल्यसुची राख्न निर्देशन समेत दिएको उहाँले जानकारी दिनुभयो । बरामद भएका ती सामाग्रीलाई डिस्पोज गर्ने कार्यालयका खरिदार नारायण प्रसाद दमासेले बताउनुभयो । बजारका मध्यम खाद्य व्यापारीले म्याद गुज्रेका सामाग्री उपभोक्तालाई बिक्रि गरेको हुनाले अनुगमन कार्यलाई तीव्रता दिने उहाँको भनाई छ ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. लिल बहादुर विक, प्र.ज. भिम बहादुर कुमाल, घरेलु तथा साना उद्योग कार्यालयबाट गिता खड्का, पत्रकार बाबुराम रसाइली लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्