पार्टीले आफ्नो मूल्याकंन गरेन भनेर चिन्ता नगर्नुस आत्मा मूल्याकंन गर्नुस गठबन्धन जिताउनुस : नेता पौडेल

| २०७९ बैशाख २७ गते १५: ३२ मा प्रकाशित

चेतन बिष्ट ,अर्घाखाँची।नेपाल बिद्यार्थी संघ शितगगङ्गाका सयोजक बसन्त राज पौडेलले यस निर्वाचन सिङ्गो मुलुकको उन्नतिका लागि भएकाले नेपाल बिद्यार्थी संघमा आबद्ध सम्पुर्ण विद्यार्थी नेताहरुलाई लाई चतुर्‍याइँका साथ काङ्ग्रेसले नेतृत्व गरेको गठबन्धन लाई जिताउन लागि पर्न आग्रह गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन दैलोमै आएकाले देशमा जरो गाडेको प्रतिगमन रोक्न आ-आफ्नो स्थान बाट लागि पर्न आग्रह गर्नु भएको हो । एक फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टी भित्र काम गरेका र आफ्ना उम्मेदवार लाई जिताउनका  लागि पर्दापर्दै आफ्नो मूल्याकंन गरेन भन्ने गुनासा नगरका धेरै ठाउँबाट आएपनी आफ्नै शब्दमा यस्तो भन्नू भयो "पार्टीले आफ्नो मूल्याकंन गरेन भनेर चिन्ता नगर्नुस आत्मा मूल्याकंन गर्नुस गठबन्धन जिताउनुस यहाँ पार्टी भन्दा माथि देशको सवाल छ "। 


केही पार्टीहरु जनतालाई आर्थिक प्रलोभनमा पार्ने तथ्यहरु सामाजिक संजालमा आएकाले मान्छे अरु चिज जस्तो किनबेच गर्ने प्रजाती नभएको र यस्ले  त्यस्ता पार्टीलाई ठुलै दुर्घटना तर्फ निम्त्याएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्