शितगंगाका उपमेयर द्वारा अस्पताल अनुगमन

| २०७९ जेठ १० गते १९: १४ मा प्रकाशित

अराज बेल्बासे। शितगंगा नगरपालिकाका उपमेयर गीता भाटले प्राथमिक स्वास्थ केन्द्र ठाडाको निरिक्षण गर्नु भएको छ । नगर उपमेयरमा निर्वाचित हुनु भएका भाटले सोमबार अस्पालमा पुगि अनुगमन तथा अस्पतालको अबस्थाको बारेमा जानकारी लिनु भएको हो ।

नगरपालिकाको प्रमुख स्वास्थ केन्द्रको अबस्था बुझ्न र कमीकमजोरीको बारेमा जानकारी लिन अस्पताल परिसरमा अनुगमन गरेको उपमेयर भाटले जानकारी दिनु भयो । अनुगमनका क्रममै स्वास्थ केन्द्रका कर्मचारीहरु सँग अस्पतामा रहेको समस्यार तत्काल समाधान गर्नु पर्ने कामको बारेमा भाटले जानकारी लिँदै नगरपालिकाबाट सम्भव भएका समस्या समाधानमा तत्काल कुरा उठान गरेर समस्या समाधान गर्ने बताउनु भयो ।

अस्पतालको भवन जृण हुँदा सेवा प्रवाहमा समस्या रहेको कर्मचारीले जानकारी गराएका थिए । भवनमा पानी चुहिने समस्या हुँदा तत्काल भवनको समस्या समाधनको लागि उपमेयर भाट सँग कर्मचारीले अनुरोध गरेका थिए यस्तै अस्पतालमा सञ्चालनमा रहेको एम्बुलेन्स गृणहुँदा सेवा प्रवाह प्रभाभित भएको र आम्दानी भन्दा खर्च बढी भएकोले नँया एम्बुलेन्स सञ्चालनको लागि पहल गर्न अनुरोध गरेका थिए ।

अस्पतालमा रहेको एम्बुलेन्स २० बर्ष पुरानो हुँदा मर्मत खर्च बढी हुने गर्दा सेवा दिनै नसकिने अवस्था रहेको कर्मचारीले गुनासो गरेका थिए । अनुगमनको क्रममा गुनासो सुन्दै नगर उपमेयर भाटले निर्माणधिन भवन निमाणको अवस्थाको बारेमा ठेकेदार संस्था सँग सम्पर्क गरेर नगरपालिकाबाट दवाव सिर्जना गर्ने बताउनु भयो यस्तै दैनिक ४०÷५० सेवाग्राही आउदाँ बिरामीहरुलाई बस्ने ब्यवस्था समेत नरहेको ,सरसफाइमा कमजोरी रहेको पाइएकोले सुधाररको लागि ब्यवस्थापन लाई अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्