शितगङ्गाको सुवर्णखालमा ट्याक्टर दुर्घटना : ३ जना गम्भीर घाइते

| २०७९ जेठ २९ गते १७: ३८ मा प्रकाशित

                                        तस्विर - नबिन 
झनक केसी। शितगङ्गा नगरपालिका वाड न-१ सुवर्णखाल नजिकै न.लु ४ प ५५८८ नम्बरको ट्याक्टर दुर्घटना भएको छ।

दुर्घटनामा ४ जना घाइते भएका छन। जसमध्ये ३ जनाको अबस्था चिन्ताजनक छ भने १ जना सामान्य घाइते भएको वाड अध्यक्ष मानबहादुर सिंजापतीले जानकारी दिएका छन। 

ट्याक्टर ड्राइभर अशोक थारु,लाल बहादुर थारु,सुरज भट्टराईलाई थप उपचारका लागि बुटबल रिफर गरिएको छ।

तिनै जनाको ठेगाना इमिलिया रहेको सिंजापतिले बताएका छन । १ जना सामान्य घाइते पदम नेपाली रहेका छन ।

प्रतिक्रिया दिनुहोस्