अर्घाखाँचीमा १४ बर्षिया बालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ

प्रहरी द्वारा सार्बजनिक

| २०७९ असार ७ गते १८: ४६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। मङ्लबार जिल्ला प्रहरी  कार्यलय अर्घाखाँचीद्वारा सन्धिखर्क नगरपालिका स्थित बस्ने १४ बर्षकि बालिका लाई हजुरआमा नाता पर्ने बर्ष ४० कि महिलाले जबर्जस्ति करणि गर्न बाध्य गराउने सितगङा नगरपालिका का २२ बषिय युबा लाई प्रहरीले  पक्राउ गरि सार्बजनिक गरेको छ ।
  
उक्त  महिलाद्वारा बालिका लाई बालिकाको घरबाट, घरपरिवार लाई  कुनै जानकारी नगराइ चाउचाउ बिस्कुट खुवाउदै विभिन्न लोभलालच देखाइ आफ्नै घरमा वा जङ्गलमा लगि  पटक पट्क जबर्जस्ति   करणि गराइ पैसा लिने गरेको खुलेको उल्लेख गरिएको छ् ।

आफ्नी हजुरआमा संग बस्दै आएकी निज बालिका स्थानीय कक्षा ६ मा अध्यानरत गर्दै आएको भएता पनि पछिल्लो समय बिध्यालय समेत जान छोडिसकेकी थिइन यही मिति २०७९ आसार ५ गते पीडित बालिकाको तर्फबाट उजुरी परे लगत्तै प्रहरीले निजहरुलाई नियन्त्रणमा लिइ  अनुसन्धान प्रश्यात मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ति करणि कसुरमा मुद्दा  दर्तागरि अर्घाखाँची जिल्ला अदालत समक्ष  पेश गरि ६ दिनको म्याद थप भइ अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्