अर्घाखाँचीमा जिप दुर्घटना: ६ जना घाईते

| २०७९ असार ७ गते १९: ०० मा प्रकाशित

बिष्णुकुमार आले,अर्घाखाँची । जिल्लाको शितगंगा १४ करेचुलीमा जिप दुर्घटना हुदा एकै घरका २ जना सहित ६ जना घाईते भएका छन् ।

सिमलपानीको करेचुलीबाट सालझन्डी तर्फ जाँदै गरेको लु १ ज १९४८ नम्बरको जिप करेचुलीमा दुर्घटना हुदा अर्घाखाँची शितगंगा १४ करेचुलीका ४० बर्षिय मनकला दर्लामी,पाल्पा रैनादेवी छहरा ८ का चालक २३ बर्षिय ज्ञान बहादुर रेश्मी ,शितगंगा १४ का सहचालक २२ बर्षिय खुमन सुर्यवंशी, सोही ठाउँका नन्द बहादुर घर्ती , शितगंगा १३ मुसियानका ६० बर्षिय टेक बहादुर रजाली र उनकाे श्रीमती ४९ बर्षिय दिलकला रजाली घाईते भएका छन् ।

ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा मोडबाट करिव १६ मिटर तल खसी जिप दुर्घटनामा परेको हो ।

घाईते मध्ये मनकला दर्लामीलाई थप उपचारका लागि लुम्बिनी अन्चल अस्पताल बुटवलमा लगिएको छ भने अन्य ५ जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्