शितगंगा १४ मा चार पाँच महिनामै बगायो ग्राभेल: स्थानिय आक्रोशित

| २०७९ असार १२ गते १८: ५५ मा प्रकाशित

चेतन विष्ट, शितगंगा । “वर्षौ सम्म पनि बाटोको बिकास भएको थिएन, धेरै रोइ कराइ गरेपछी केही ठउँमा भएपनि  बल्ल बाटो ग्राभेल सम्म भएको थियो, अब त वर्षाको समयमा पनि गाडी चल्ने भए, बिरामि स्टेचरम बोक्न पर्ने भएन भनेर निक्कै खुसी भएका थियौँ तर अस्ति आएको पानिले सबै बगाएर लग्यो ।” स्थानियले भने ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अन्तर्गत बिक्रम,पावर, छेँडा हुदैँ भेडामारे सम्म जोडिने बाटोलाइ कालोपत्रे गरीदिन हारगुहार गरेका स्थनिय अहिले फेरी आक्रोशित भएका छन । वडा नम्बर १४ मा पर्ने पावर देखी छेँडा सम्मको केही बाटो ४ ५ महिन अघि मात्र ग्राभेल भएको थियो । लामो समयको अथक प्रयास बाट केही बाटो भएपनि ग्राभेल गर्न सफल भएका स्थानिय ग्राभेल भएको ४ ५ महिनामै वर्षाको पनिले ग्राभेल पुर्णरुपमा बगाएपछि स्थानिय आक्रोसित बनेका हुन । 

वडाको सुखौरा, ढाव, तल्लागउँ, बौरी लगायतका गाउँको बाटोमा गरीएको ग्राभेल बगाएको बौरीका स्थानिय युवा पवन पौडेलले जानकारी दिनुभयो । “केही समय अघि मात्र बाटो ग्राभेल भएको थियो, राम्रै देखीन्थ्यो तर अस्ति आएको पनिले सबै बगाएर लग्यो । ग्राभेल बग्दा बौरीको डुडाहा खेतमा रहेको खानेपानिको ट्याङिकमा समेत क्षति भएको छ, गाँउका दुई चार जना जम्म भएर ट्याङि र त्यस वरपरको ठाउँ हामिले सफा गरीसकेका छौँ । नाली काट्ने भनेर एउटा जेसीबी आएको थियो तर त्यसले केही नगरी गयो ।” उहाँले गुनासो गर्नुभयो ।  

त्यस्तै सोही बाटोकै ढाव भन्ने ठाँउमा पनि वार्षको पानिले उक्त ग्राभेल बगाउँदा बाटोको क्षति सङ्गै स्थानियको खेत पुरीदिएर अर्को समस्या थपिएको छ । बाँझो खेत जोतेर रोप्नाको लागी तयरा गरीको खेतमा ग्राभेल सहितको माटो बगाएर खेत पुरीदा थप अर्को समस्या आइपरेको स्थानिय यादव न्यौपानेले बताउनुभएको छ । "खेत त पुरियो पुरियो घर बनाउनको लागी इटा र बालुवा राखेका थियौं त्यो पनि बगायो । बाटोमा आउने खहरे खोलाको पानी नतर्काउदा यस्तो समस्या भयो ।" उहाले भन्नुभयो । 

अर्घाखाँची जिल्लाको शितगंगा नगरपलिका वडा नम्बर १४ सदरमुकाम भन्दा धेरै टढा भएकै कारण नत जिल्लाकै रोजाइमा पर्न सक्यो न त नगरकै । कपिलवस्तु सँग सिमाना जोडिएको वडाको बिकासका निम्ति स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले अवस्य पनि सकरात्मक भुमिका निर्वाह गर्लान भन्ने वडा वासीको चाहाना रहेको थियो, तर दुई पटक सम्म पनि स्थानिय तहका जनप्रतिनिधि निर्वाचित हुँदा समेत यसमा प्रभावकिारी चासो नदिदा वडावासीमा नैराश्यता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्