१९ औँ राष्ट्रिय धान दिवस शितगङ्गामा सम्पन्न (तस्विर सहित)

| २०७९ असार १५ गते २३: ०० मा प्रकाशित

झनक केसि,सितापुर। अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिकामा १९औँ राष्ट्रिय धान दिवश सितापुरको गैरिखेतमा सम्पन्न भएको हो।

राष्ट्रिय धान दिवश सितापुरको गैरिखेतमा

स्थानिय सरकारले यस वर्ष १९औं राष्ट्रिय धान दिवस सितगङ्गा नगरपालीका वाड न २ सितापुरको गैरिखेतमा मनाएको छ। "धान बालीमा जैविक विविधताको उपयोग ।आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ धान दिवस मनाइएको हो। 

१९औं राष्ट्रिय धान दिवस सितगङ्गा नगरपालीका वाड न २ 

धान दिवस कार्यक्रममा सितगङ्गा नगरपालिका वाड न २ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीको अध्यक्षतामा, प्रमुख अतिथी शितगङ्गा नगरप्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी,उप-प्रमुख गिता भाट,विशेष अतिथी,शितगङ्गा नगरपालिका प्रशासकिय अधिकृत झबिन्द्र खनाल,कृषि शाखा प्रमुख अनिल शर्मा,कृषि शाखाका नारायण भुषाल,घरेलु शाखाका प्रमुख,नगेन्द्र नेपाल,विभिन्न वाडका  वडा अध्यक्ष, नेपालि काङ्रेस अर्घाखाँची जिल्ला सभापती केशब श्रेष्ठ,सचिब कृष्ण खनाल,कोषाध्यक्ष बिष्नु क्षेत्री,भुमी आयोगका अध्यक्ष यादब घिमिरे,प्रदेश प्रतिनिधी राजेन्द्र केसि,रास्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य माधब अधिकारी,नेकपा एमाले केन्द्रिय  जिल्ला कमिटि सदस्य केशब बेल्बासे,नेकपा एमाले सितगङ्गा नगर सचिब ऋषि घिमिरे,विभिन्न पार्टिका प्रतिनिधी, इप्रका ठाडाका इन्चार्ज होम सुबेधी,रास्टिय बाणिज्य बैंक शाखा ठाडाका कार्यालय प्रमुख धुर्ब खनाल,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न वार्ड्का सचिब,कृषि शाखा ठाडाका कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भएको हो।

१९औं राष्ट्रिय धान दिवस सितगङ्गा

मुठ्ठी रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोप्ने चलन छ । गाउँघरमा हतार चटार गरेर भएपनि धेरै किसानले असार १५ गते धान रोप्ने गर्छन्। त्यसैले यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाईदैँ आएको छ। 

असार १५ गते धान रोप्ने चलन

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ।

राष्ट्रिय धान दिवसमनाईदैँ

नेपालमा मौसमको आधारमा चैते, बर्खे,घैया र बोरो धानको खेती हुँदै आएको छ।

१९औँ राष्ट्रिय धान दिवश सितापुरको गैरिखेतमा सम्पन्न

नेपालमा खेती गरिने कुल क्षेत्रफलको सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ।

धान दिवस शितगङ्गामा 

सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएरपनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ।

 शितगङ्गा नगरपालिकामा १९औँ राष्ट्रिय धान दिवश सितापुर

प्रतिक्रिया दिनुहोस्