अर्घाखाँचीमा छोराको लाठ्ठी प्रहारबाट आमाको मृ'त्यु

| २०७९ सावन १ गते १७: ०१ मा प्रकाशित

अराज बेल्बासे।  शितगंगा नगरपालिका वडा नम्बर ४ चाक्लामा आफ्नै छोराको लाठी प्रहारबाट घाइते भएकि आमा कमला कार्कीको उपचारको क्रममा मृत्यु भइको छ । घरयासी बिबादमा २६ बर्षिय हेमन्त कार्कीले लाठीले टाउकोमा प्रहार गर्दा घाइते भइ कार्कीको काठमाडौ टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाकामा प्रहरी कार्यालय ठालाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनु भयो ।

गत असार ७ गते घरमा सामान्य बिवाद हुँदा हेमन्टले लाठीले प्रहार गरे पछि घाइते भएकि कमला कार्कीलाई बुटवलमा उपचार गरि थप उपचारको लागि काठमाडौ गलिएकोमा गय राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिनु भयो ।

हेमन्तलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान जारी रहने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिनुभयो।स्रोत - नयाँ अभियान समाचार 

प्रतिक्रिया दिनुहोस्