शितगङ्गा को भुवनपाटा (छहरा) नजिकै सिङ्गल क्याब जिप दुर्घटना

| २०७९ भदौ २७ गते १५: २४ मा प्रकाशित

झनक केसी ,सितगंगा।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ भुवन पाटा नजिकै सिङ्गल क्याब जिप दुर्घटनामा परेको छ। 

सन्धिखर्क देखि बुटवल जाँदै गरेको लु.३ च २६३ नम्बरको सिङ्गल क्याब (बलेरो पिकप) सितगंगा -२ भुवनपाटा नजिकै (छहरा) भन्ने ठाउमा दुर्घटना हुन् पुगेको हो। 

दुर्घटना भएको जिपमा भौतिक क्षति भएतापनि मानवीय क्षति कुनै नभएको जानकारी आएको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन।

प्रतिक्रिया दिनुहोस्