सहकारीले उत्पादनसँगै व्यवसायिक क्षेत्रमा पनि कर्जा प्रवाह गर्नुपर्छ : प्रदेश सभा सदस्य घिमिरे

| २०७९ माघ १५ गते १८: ०० मा प्रकाशित

सुरज घिमिरे ,अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सहकारीले उत्पादनशिल क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । 

जिल्लाको शितगंगा नगरपालिका-५ जुकेनामा रहेको सराेकार सामाजिक उद्यमी महिला सहकारि संस्थाको ७ ओैं साधारण सभा उद्घाटन गर्दै घिमिरेले सहकारीहरुले नाफासँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- 'सहकारीहरुले उत्पादनशिल क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा कर्जा प्रवाह गर्नेतर्फ लाग्नुपर्नेमा साथै नाफासँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्छ  लाग्नुपर्छ ।' 

उहाँले सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्न सुझाव दिनुभयो ।  घिमिरेले सहकारीले अति विपन्न बर्गमा पुगेर वित्तिय शिक्षाको माध्यमबाट सदस्यहरुलाई सहकारीको मुल धारमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले महिलाहरूको क्षमता बिकाश र नेतृत्वदायी भूमिकामा पुर्याउन महिला सहकारीले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । 'यश किसिमका महिला सहकारीहरुले महिलाहरूको क्षमता बिकाश र नेतृत्वदायी भूमिकामा पुर्याउन महत्वपूर्ण भुमिका खेलेका छन् ।- घिमिरेले भन्नुभयो- यश किसिमका सहकारीलाई निरन्तरता दिन प्रदेश सरकारले सहयोग गर्छ ।'

 

उहाँले सहकारीसँग भएका असल अभ्यासहरुलाई अन्य सहकारी संस्थाहरुबाट लिन र आफ्नोमा भएका असल अभ्यासहरुलाई पनि अन्य सहकारीमा दिन सञ्चालक समितिलाई आग्रह समेत गर्नुभयो । 

जुकेनामा रहेको सराेकार सामाजिक उद्यमी महिला सहकारि संस्थामा एक हजार १५५ सदस्य आबद्ध छन् । साथै, घिमिरेले आफ्नो पहलमा प्रदेश सरकारकाे २० लाख आर्थिक सहयोगबाट निर्माण गरिएको सहकारीको दुई तले भवनको समेत उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्