खाँचीकोट चुनढुङ्गा उत्खनन बिरुद्ध स्थानीय आक्रोशित: ७ दिने अल्टिमेटम

| २०७९ फागुन २ गते १९: ४३ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची पबित्र पाबन स्थल सुपादेउराली नजिकै भयको चुनढुंगा उत्खनन निरन्तर विवादमा रहेको छ। 

त्यहा केहि व्यक्तिहरुको क्षेणिक लाभ बाहेक कुनै ठोस उपलब्धि न जिल्ला लाई पुगेको छ न त स्थानीय लाई नै पुगेको छ, यो सरासर पर्यावरण लगायत जनबिरोधी भयको निष्कर्ष सहित स्थानीय भद्र भलादमी  बुदिजीबी लगायत ले आज उत्खनन भयको स्थलमै पुगी, पर्यावरण लगायत स्थानीयमा आर्थिक सामाजिक तथा जिबन रक्षक कृषि पेशामा अति नकारात्मक असर पर्नुका साथै विभिन्न पानीका स्रोत सुक्दै गयको र त्यस स्थानमा रहेको मनोहर सिमसार क्षेत्र पनि दिनका दिन लोभ हुदै गयको हुदा, स्थानीयको बाच्न पाउने हकलाई समेत कुन्ठित गरि उत्खनन गरेको प्रति आपत्ति जनाउदै ७ दिनको स्पष्टीकरण अल्टिमेटम दियको जानकारी आयको छ। 

प्रभावित क्षेत्रका बासिन्दाहरु

यस बिषयमा अर्घाखाँची बुलेटिन ले निरन्तर फलोअप सगै स्थानीयको आबाज लाई पहिलो प्राथमिकतामा राख्दै आयको छ, यस विषयमा जिल्लामा पनि केहि दिन अगाडी जनमोर्चा को आयोजनामा गरियको अन्तराक्रियामा यो बिषय उठे को थियो, लगभग प्राप्त जानकारी अनुसार सबैको बन्द गर्नु पर्छ भन्ने आबाज नै थियो, अधिकाम्स जिल्ला बासि यसको बिरुद्द नै रहेका छन्, केहि राजनीतिक दलहरुले भने सिमित फाईदा र बार्गेनिग को लागि बिरोध जनायको गुनासो समेत पनि आयको छ। 

निवेदन 

अर्घाखाँची नेपीली कांग्रेस जिल्ला कमिटीले यसलाई कुनै पनि हालतमा बन्द गर्ने भनेर प्रस्ताब समेत पारित गरि सकेको छ. तर कार्यन्वयन पक्ष उही बार्गेनिग लागि मात्र जस्तो छ. कांग्रेस जिल्ला सभापति केशब श्रेष्ठ ले कुनै पनि हालतमा आफुले बन्द गर्ने प्रतिबद्धता गरे पनि उहाको यो प्रतिबद्दता अहिले कागज को खेस्रा मात्र बनेको छ. यतिबेला कांग्रेस कार्यकर्ता तै चुप र मै चुप बनि मौन बसेका छन। 

अर्घाखाँची एमालेका प्रतिभाशाली नेता तथा प्रदेश खानेपानी मन्त्रि चेतनाराय ले यो खानि उत्खनन आफ्नो सरकार आयपछी कुनै पनि हालतमा बन्द गर्ने ठोस प्रतिबद्दता गरे पनि चुनाब जिते पछी उहाको परतिबद्द्ता पनि एका देशको कथा बनेको छ. आफु निरन्तर लागि पर्ने चेतनारायण ले बताय पनि अहिले उहाकै कार्यकर्ता जसरि पनि खोल्नु पर्छ भनेर खुलेरै लागेका छन्। 

प्रतिक्रिया दिनुहोस्