शितगङ्गामा जारी राष्ट्रपति रनिङ शिल्ड दोस्रो पटक बिजेता सरस्वती माबी सितापुरलाई

| २०७९ फागुन १० गते २०: २८ मा प्रकाशित

अर्घाखाँची,झनक केसि।
फाल्गुन १० - शितगङ्गामा ३ दिन देखि जारी पाँचौँ  रास्ट्रपति रनिङ्ग शिल्ड लगातार दोस्रो पटक रनिङ शिल्ड जित्दै सरस्वती माबी सितापुतले पाँचौ रनिङ शिल्डपनि आफ्नो स्कुललाई बलियो सहभागिता सिद्ध गरेको छ ।

शितगङ्गामा ३ दिन देखि जारी पाँचौँ  रास्ट्रपति रनिङ्ग शिल्ड

सरस्वती माबिले शितगङ्गामा जारी रनिङ्ग शिल्ड सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै दोस्रो पटक रनिङ शिल्ड जित्न सफल भएको हो ।

विभिन्न बिधामा ५ गोल्ड मेडल,६ रजत साथै २ कास्य हात पारेको थियो । यो सङ्गै उसले दोस्रो पटक शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ ।

शितगङ्गामा पाँचौँ  रास्ट्रपति रनिङ्ग शिल्ड

समापन कार्यक्रममा शिक्षा प्रमुख बिनोद पोख्रेल अध्यक्षतामा शितगङ्गा नगरपालिका प्रमुख छबिलाल पौडेलको प्रमुख आतिथ्यतामा बिशिस्ट अतिथी नगर उप-प्रमुख गिता भाट लगायत  विभिन्न वाडका अध्यक्षहरु संघ सस्था प्रमुख तथा प्रतिनिधिहरु आतिथ्यतामा कार्यक्रम समापन भएको थियो। कार्यक्रममा   विभिन्न खेलमा बिजेता खेलाडीहरु तथा बिधालयलाई पुरस्कार र,मेडल तथा प्रमाणपत्र नगर प्रमुख उप प्रमुख तथा कार्यक्रम संयोजकले प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा तथा खेलप्रेमि ऋषि बिस्वकर्माले गर्नुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड 

यस्तै समग्र खेलमा दोस्रो गौरा माबी भएको छ। तेस्रो पावर माबी सान्त्वना प्रभाकर माबीले हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्