नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेला सितापुरमा सम्पन्न

| २०७९ चैत १७ गते १९: २१ मा प्रकाशित

झनक केसि 
अर्घाखाँची चैत १७। अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेला सितापुरमा सम्पन्न भएको छ । “जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण हाम्रो लक्ष्य” भन्ने मूलनाराका साथ नेकपा एमालेका शितगंगा वाड न.२ वाड कमिटी अध्यक्ष लेक बहादुर गुरुङ्गको अध्यक्षतामा नेपाल उत्पीडित जातीय मुक्ति समाजका शितगङ्गा संयोजक चुरा बहादुर बिक प्रमुख आतिथ्यतामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेला शुक्रबार सितापुर वाड कमिटीको पार्टि कार्यलयमा सम्पन्न भएको हो ।

 वाड भेला सितापुरमा सम्पन्न 

कार्यक्रममा मुक्ति समाजका नगर अध्यक्ष बिकले समाजमा हामिलाई हेर्ने दृस्ठिकोण अझैपनि परिबर्तन नभएको र अब जिल्ला  देखि प्रदेश,केन्द्रमा हाम्रो अभियानले निरन्तरता पाउने छ। 

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट गौरवशाली संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेलाबाट सितापुरका विभिन्न ठाउका दाजुभाई दिदिबैनीहरुको भेलाबाट सुमित्रा सुनारलाई सर्वसम्मत अध्यक्ष,भोला नेपाली उपाध्यक्ष,पबित्रा गन्धर्व कोषाध्यक्ष,यमकला बिक सचिब,सुरज बिक सहाचिब सहित १९ सदस्य वाड कमिटी गठन गरिएको थियो। कार्यक्रममा बोल्दै वाड कमिटी अध्यक्ष गुरुङल हाम्रो पार्टीको मिसन ग्रास रुटको अभियानले जनता सङ जोडिने बाताबरण मिलाएको छ आगामी दिनमा हाम्रा भात्री संगठनहरु बिना हाम्रो पार्टि बलियो नहुने बताए।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेला सितापुरमा

विभिन्न कार्यक्रम नगर प्रदेश र केन्द्रमा संचालन भएका छन अब आउदा दिनमा हाम्रो वाडको नेतृत्व गर्ने जिम्मा आजको यो टिमबाटै लिडर भनेर जन्मने छ भन्दै गुरुङले बधाई तथा शुभकामना दिएका थिए

प्रतिक्रिया दिनुहोस्