दोस्रो सितगङ्गा महोत्सवमा ज्येष्ठ नागरिक अपाङ्गलाई नि:शुल्क प्रवेश

| २०७९ चैत २५ गते २०: ३८ मा प्रकाशित

झनक केसि 
अर्घाखाँची/अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकामा दोस्रो शितगंगा महोत्सवमा जेस्ठ नागरिक अपांगलाई नि:शुल्क 
प्रबेस गराइएको छ । भने टिकटको दर रु-७० र बिध्यार्थीलाई रु-५० कायम गरिएको आयोजकले जनाएको छ।

शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा चैत २० गते देखि बैशाख १० गते सम्महुन लागेको दोस्रो शितगंगा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवले तीव्रता पाएको छ। 

महोत्सव नजिकिए सगैँ महोत्सव स्थलमा स्टलको बार तथा बाउन्ड्री, फिल्ड मर्मतको काम धमाधम भइरहेको आयोजकले जानकारी दिएको छ. 

यहि चैत २९ गतेबाट सञ्चालना हुन लागेको महोत्सवको यति बेला प्रचार प्रसार भै राखेको पोस्टर ब्यानर तथा जिङ्गल मार्फत गाउँ गाउमै पुगेर प्रचार गरिएको आयोजकले जनाएको छ। साथै स्टल बुकिंङकि लागि  धमाधम फर्म भरिएको मेलाका मुल आयोजक समितिका संयोजक चिन्तराज अधिकारीले अधिकारीले जानकारी दिनु भयो । मेलामा स्टल दर्ता गर्न इच्छुक ब्यापारीलाई समयमै स्टल बुकिङको लागि अनुरोध गर्नु भयो ।

महोत्सवमा आर्कषकको रुपमा मानिएको डान्स आइडलको समेत फारम भर्ने काम सुरु भइरहेकोले बिभिन्न बिद्यालय तथा कल्वहरुलाई डान्समा रुचि राख्नेलाइ सहभागी गराउन अनुरोध गर्नु भयो । महोत्सवलाई सम्पन्न गर्न ११ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा शितगंगा नगरपालिकाका जनप्रतिनिधीले समेत स्थानिय उत्पादनहरुको बिक्री बितरणको लागि बिभिन्न स्टलको ब्यवस्था गर्ने भएका छन ।

नगरपालिकाका नगर प्रमुख,उप प्रमुख तथा वडा अध्यक्षले स्थानिय उत्पादनमा कृषि उपज लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरणको ब्यवस्था गर्ने भएका छन ।

स्थानीय स्ततरमा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन आइडल आयोजना गरेको आयोजकले जानकारी गराएको छ । दोस्रो शितगङ्गा खुल्ला डान्स आइडलको प्रथम पुरस्कार रु ४० हजार दोस्रो पुरस्कार रु २० र तृतिय पुरस्कार रु १०,एक सय रहेको महोत्सव मुल समितिले जानकारी गराएको ।

प्रतिक्रिया दिनुहोस्