दोस्रो शितगंगा महोत्सव २०७९ को कृषि मन्त्री बेदुराम भुसालले गरेे उद्घाटन

| २०७९ चैत ३० गते १६: ०८ मा प्रकाशित

बिराट पहारी।अर्घाखाँची।कृषि, पर्यटन, उद्योग -व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मानिर्भरताको  मुल आधार  भन्ने मुल नाराका साथ सुरु भएको अर्घाखाँचीको शितगंगा नगरपालिका ४ सानदहमा दोस्रो शितगंगा कृषि ,पर्यटन तथा औधोगिक व्यापार महोत्सव २०७९ मेलाको उद्घाटन प्रमुख अतिथी समेत रहनुभयका कृषि मन्त्री बेदुराम भुसालले उद्धाटन गर्नुभएको छ।

महोत्सव को उद्घाटन सत्रमा बिशिस्ट अतिथी लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरे ,विशेष अतिथीहरुमा जिल्ला समन्व

 उद्धाटनमा बोल्दै मन्त्रि भुसालले किसानको लागत अनुसार उत्पादन बढाउन कृषिमा यान्त्रिकरण गर्न जरुरी रहेको बताउनु भयो । मन्त्रि भुसालले अब सरकाले दिदै आएको अनुदान प्रभावकारी नभएकाले त्यसको निगरानी र अनुगमनलाई तिव्र बनाउने बताउनु भयो ।

महोत्सव को उद्घाटन सत्रमा बिशिस्ट अतिथी लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरे ,विशेष अतिथीहरुमा जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला, शितगंगा नगरपालिका का नगर प्रमुख छबिलाल पौडेल ,प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल लगायतले मनतब्य राख्नुभएको थियो ।

महोत्सवमा १२० स्टल रहेका छन ! महिला उद्दमिलाई निशुल्क स्टलको ब्यवस्था गरिएको छ त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका लाई टिकट निशुल्क रहेको छ १२ दिनसम्म चल्ने मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । दैनिक रुपमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको प्रस्तुती सङ्गै सांस्कृतिक कार्यक्रम साथै दोश्रो शितगंगा डान्स आइडल संचालन हुनेछ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रभातफेरी संगै विभिन्न झाँकी, सांस्कृतिक नाच, खेल प्रदर्शनी गरिएको थियो । 

विभिन्न जातजातीका भेषभुषा र बाजागाजा सहित मेलाको उदघाटन गरिएको  छ । कार्यक्रमका अध्यक्षता उधोग बाणिज्य संघ शितगंगा का अध्यक्ष चिन्ताराज अधिकारीलेे गर्नुभयको थियो ।

प्रतिक्रिया दिनुहोस्