नयाँ बर्षको पहिलो दिन शितगङ्गा महोत्सवमा सेन्चुरिले धुलो उडाए

| २०८० बैशाख ३ गते १६: १० मा प्रकाशित

दिब्या भुषाल/अर्घाखाँची। दोस्रो शितगंगा,कृषि पर्यटन तथा औद्योगिक व्यापार र रोजगार,आर्थिक समृद्धि,आत्मा निर्भरताको मूल आधार भन्ने नाराका साथ सुरु भएको शितगंगा नगरपालिका ४ सानदहमा तेस्रो दिन र नयाँ वर्षको अवसरमा लोक तथा दोहोरी गायक खेम सेञ्चुरीको बेजोड प्रस्तुति रहेको थियो । 

 गायक खेम सेञ्चुरी

महोत्सवमा लोक गायक नवीन केसि लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा लगभग ७ हजार दर्शकको उपस्थित रहेको अनुमान गरिएको छ । 

अर्घाखाँची बुलेटिन,खेलकुद ब्युरो रेडियो सितगङ्गाका रिपोटर्स विभिन्न संघ सस्थामा आवद्ध समाजसेवी झनक केसिको ब्यबस्थापनमा राष्ट्रिय कलाकार खेम सेन्चुरीलाई स्टेजमै केक काटेर नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान गर्नु भएको थियो।

गायक खेम सेन्चुरी ,पत्रकार झनक केसी 

यसका साथै दर्शकलाई पनि भरपूर मनोरञ्जन प्रदान गर्नु भएको थियो । तेसै भोलि आकर्षक कलाकार, लिजेण्ड रबि हिमाल,श्रीकृष्ण बम मल्ल,मिसन भुषाल,इन्दिरा गैरे,लगायत स्थानिय कलाकार डान्स आइडलको प्रस्तुति रहने कलाकार संयोजक नवीन केसिले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्