अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना हुदा १ जनाको मृ'त्यु

| २०८० बैशाख २४ गते १९: ४४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा ४ मा ट्र्याक्क्तर दुर्घटना हुदा सितगंगा नगरपालिका वडा नं. ४ कोप्चेवास बस्ने ३८ बर्षिय राजु नेपाली भनिने मान बहादुर नेपालीको मृत्यु भएको हो ।

शितगंगा नगरपालिका वडा नम्बर ४ स्थित उमकला नेपालिको वारि जोत्ने क्रममा लु. ४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गई नेपालिको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारि प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्