माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने

| २०७८ असार ९ गते ०२: ३२ मा प्रकाशित

एजेन्सी । इंग्ल्यान्डका मासन माउन्ट र बेन चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने भएका छन् ।

कोरोना भाईरस संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने भएका हुन् ।

स्कटल्याण्डका मिडफिल्डर विलि गिल्मोरलाई कोरोना संक्रमण देखिएको थियो । र, विलिसँगको क्लोज कन्ट्याक्टमा माउन्ट र चिलवेल परेका छन् ।

क्लोज कन्ट्याक्टमा परेपछि दुबै खेलाडीलाई सेल्फ आईसोलेसनमा पठाईएको छ ।

दुबै खेलाडी जुन २८ सम्म आईसोलेसनमा बस्नु पर्ने भएको छ ।

इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा आज राति चेक रिपब्लिकसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्