क्रोएसिया अन्तिम १६ मा, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

| २०७८ असार ९ गते ०७: ०८ मा प्रकाशित

९ असार, काठमाडौं ।  युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा सक्टल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।

स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । स्कटल्याण्डका कलुम म्याग्रेगोरले एक गोल फर्काए ।

खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएपनि ४२औं मिनटमा म्याकग्रेथोरले स्कटिस टोलीका लागि बराबरी गोल गरेका थिए ।

तर मोडरिचले ६२ औं र पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया विजयी भएको हो ।

जितपछि क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । क्रोएसिया र चेक रिपब्लिकको समान अंक र गोल अन्तर रहेपनि धेरै गोल गरेका आधारमा क्रोएसिया अघि रहेको हो ।

३ खेलबाट १ अंक मात्र भएको स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्