अमेरिकाविरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने, गुल्शनको डेब्यू

| २०७८ असोज १ गते १६: ३० मा प्रकाशित

काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ४:१४ बजे सुरु हुने खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेको छ । सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा मंगलबार नेपाल ओमानसँग ५ विकेटले हारेको थियो । आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । पहिलो पटक राष्ट्रिय टोलीमा परेका गुल्शन झालाई टोलीमा राखिएको छ भने यसअघिका दुवै खेलमा मौका पाएका विक्रम शोबलाई विश्राम दिइएको छ ।

विक्रमो स्थान पाएका गुल्शनले आजको खेलमा डेब्यू गर्नेछन् । घरेलु प्रतियोगितामा नेपाल पुलिस क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा परेका गुल्शनको यो पहिलो भ्रमण हो ।

Nepal Press

प्रतिक्रिया दिनुहोस्