हैदरावादद्वारा रोयल च्यालेन्जर्स बैंगलोर ४ रनले पराजित

| २०७८ असोज २० गते २३: ४५ मा प्रकाशित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले जित निकालेको छ ।अबुधाबीमा बुधबार भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको हो।

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए ।

एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए ।हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

जासन होल्डरले १६ रन जोड्दा प्रियम गार्गले १५ तथा अविशेक शर्माले १३ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

 

यस जितसँगै हैदरावादले १३ खेलमा ६ अंक जोडेको छ । हैदरावाद पुछारमा रहेको छ ।

बैंगलोर १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।स्रोत - खेलपाटि 

प्रतिक्रिया दिनुहोस्