सन्धिखर्क १० का बहुविवाहका फरार अभियुक्त पक्राउ

| २०७८ मंसिर २३ गते १८: ४१ मा प्रकाशित

भिम बिसी,अर्घाखाँची । अर्घाखाँचीमा बहुविवाहमा फरार अभियुक्त ७ बर्षपछि पक्राउ परेका छन ।

जिल्लाका सन्धिखर्क नगरपालिका १० बस्ने वर्ष ३३ का बसन्त नेपालीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेकोजिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।

उनलाई बहुविवाह मुद्धामा अर्घाखाँची जिल्ला अदालतले २०७१ माघ १३ गते ११ महिना ८ दिन कैद तोकेको थियो । तर उनि फरार रहेका थिए । नेपालीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरीएको छ

प्रतिक्रिया दिनुहोस्