उज्वेकिस्तानसँग नेपाल पराजित : नेपाल चौंथो

| २०७८ पौष १३ गते १६: २८ मा प्रकाशित

काठमाडौं ।  एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरुषतर्फ नेपाल चौंथो भएको छ ।बंगलादेशको ढाका मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

उज्वेकिस्तानसँग नेपाल २५-१५, २५-१७ र २५-२१ ले पराजित भयो ।

महिलातर्फको उपाधि भने नेपालले जितेको छ ।

उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपालले पहिलो सेट २६-२४ ले जितेको थियो ।

दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्राए ।

त्यसपछि पाँचौं सेट १५-१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।

यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।

प्रतिक्रिया दिनुहोस्