सभामुख हटाउने प्रस्ताव कांग्रेसले राखे एमालेले एमसीसीमा साथ दिन्छ : टोपबहादुर रायमाझी

| २०७८ माघ २० गते १८: ०७ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटाले अवरोध गरे महाभियोग (आचरणविरुद्धको प्रस्ताव) ल्याउनुपर्ने बताएका छन् । उनले सभामुखविरुद्ध कांग्रेसले प्रस्ताव ल्याए एमालेले साथ दिने बताएका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले कांग्रेसले सभामुख सापकोटालाई हटाउन प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।

यो खबर पढेर त

प्रतिक्रिया दिनुहोस्