पहिलो हाफमा स्पेन र जर्मनीलाई अग्रता

| २०७९ मंसिर १६ गते ०१: ४० मा प्रकाशित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले दुई खेलहरु भईरहेको छ ।समूह 'ई' मा रहेको जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीच प्रतिस्पर्धा भईरहेको छ ।

पहिलो हाफको खेल सकिदा स्पेन र जर्मनीले अग्रता बनाएका छन् ।

जापानविरुद्धको स्पेनले १-० को अग्रता बनाएको छ ।

स्पेनका अल्भारो मोराटाले १२ औं मिनेटमा गोल गरे ।

यस्तै कोस्टारिकाविरुद्ध जर्म्मानीले १-० कै अग्रता बनाएको छ ।

खेलको दशौँ मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्