स्पेनलाई हराउँदै जापान नकआउट चरणमा: स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

| २०७९ मंसिर १६ गते ०३: १४ मा प्रकाशित

काठमाडौं । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे ।

स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।

जितसँगै जापान समूह 'ई' को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।जापानले ३ खेलमा ६ अंक जोड्यो ।

पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्