त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन

| २०७९ माघ १ गते १८: ४८ मा प्रकाशित

काठमाडौं ।  सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

हेल्प नेपालले आर्मीलाई २५-२१,२६-२४ र २५-२३ ले हराएर च्याम्पियन बनेको हो ।

उपाधिसँगै हेल्प नेपालले ४ लाख नगद प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाखमा चित्त बुझाएको छ ।

पुरुषतर्फ एपीएफ क्लब तेस्रो भएको छ । नेपाल पुलिस क्लबलाई हराएर तेस्रो स्थान हासिल गरेको एपीएफले नगद १ लाख प्राप्त गरेको छ ।

महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा पुलिसले  न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई पाखा लगायो ।

महिलातर्फ आर्मीलाई हराएर एपीएफले तेस्रो स्थान हासिल गर्यो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।source- hamrokhelkud 

प्रतिक्रिया दिनुहोस्