ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर: पीएनजीलाई दियो २९८ रनको लक्ष्य

| २०७९ फागुन २५ गते १३: १६ मा प्रकाशित

काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।

नेपाल ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको हो ।  नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । उनी ११० रनमा आएट भए ।

यसअघि नेपालले लिग टू अन्तर्गत नै २ फागुनमा त्रिवि मैदानमा नामिबियाविरुद्ध लक्ष्य पूरा गर्ने क्रममा नेपालले २८७ रन बनाएको थियो ।rss

प्रतिक्रिया दिनुहोस्