गुजरात टाईटन्सद्वारा मुम्बई इन्डियन्स पराजित : १६ औँ संस्करण (आइपीएल)को फाइनलमा

| २०८० जेठ १३ गते ००: ३३ मा प्रकाशित

काठमाडौं । युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल पुगेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले ६२ रनको जित हात पार्यो । 

गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र बनायो । 

मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ्स खेले  । ६१ रन बनाउँदै सुर्या मोहित शर्माको बलमा बोल्ड आउट भए । 

तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए । क्यामरन ग्रीनले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । मुम्बईका तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाउन सके । 

गुजरातका लागि मोहित शर्माले २ दशमलब २ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सामी र राशिद खानले समान २/२ तथा जोशुवा लिटिलले १ विकेट आफ्नो नाममा गरे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । 

गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय ईनिङ खेले । यस सिजनमा आफ्नो तेस्रो शतक गिलले ४९ बलमा पूरा गरे । 

१ सय २९ रन बनाएका गिल आकाश मधवालको बलमा आउट भए ।

पहिलो विकेटका लागि अर्का ओपनर ऋद्धिमान शाहसँग गिलले ३८ बलमा ५४ रनको साझेदारी गरे । शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए । 

दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६४ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । शुदर्शन ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदै रिटायर्ड आउट भए । 

कप्तान हार्दिक पान्ड्याले १३ बलमा अविजित २८ रन बनाए । राशिद खानले २ बलमा अविजित ५ रन बनाए ।

मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १/१ विकेट लिए । 

साबिक विजेता गुजरातले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो ।

गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाईसकेको छ ।

ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । 

दोस्रो क्वालिफायरमा पराजित भएको मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ । 

पहिलो क्वालिफायरको विजेता चेन्नई र दोस्रो क्वालिफायरको विजेता गुजरातबीच आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।

फाइनलमा विजेता बन्ने टोली १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।हाम्रो खेलकुद 
 

प्रतिक्रिया दिनुहोस्