तालिवानको धम्कीपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

| २०७८ सावन ३१ गते २०: ३४ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहर विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्