पब्जी खेल्न नदिएपछि आमाको हत्या : आमा दश घण्टा तड्पिरहिन्, मृत्यु भएको एकिन भएपछि साथी बोलाएर घरमा पार्टी

| २०७९ जेठ २७ गते १८: ३० मा प्रकाशित

पब्जी खेल्न नदिएको निहुँमा १६ वर्षिय छोराले आमाको गोली हानी हत्या गरेका छन् ।

घटना भारतको लखनउस्थित पीजीआई क्षेत्रको यमुनापुरम कोलोनी ४ जुनमा घटेको हो ।

१६ वर्षीय छोरा ४ जुन शनिबार राती आमासँग नै सुतेका थिए । बन्दुक त्यहि कोठामा राखिएको थियो । आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट बन्दुक निकाले । बन्दुकसँगै म्यागजिन र बुलेट राखिएको थियो । म्यागजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक बन्दुक चलाएका थिएनन् ।

हात काँपेका कारण तीनवटा गोली भुइँमा खस्यो । त्यसपछि उनी पेस्तोल लिएर आमा भएठाउँ गए । १० वर्षीया बहिनी पनि आमासँगै ओछ्यानको दाहिने छेउमा सुतिरहेकी थिइन् । हत्यारा छोरालाई गोली हानेपछि यसले शरीर छेडेर बाहिर निस्कने हो कि भन्ने अनुमान थियो त्यसैले उनले बहिनी जता सुतिरहेकी थिइन्, त्यहाँ बाटै आमामाथि गोली हाने ।

बन्दुकलाई आमाको कञ्चटको दायाँ तर्फ राखे र आँखा बन्द गरेर ट्रिगर दबाए । गोलीको आवाज सुन्नेबित्तिकै बहिनी हड्बडाएर उठिन् तर उनले बहिनीको मुख समातेर आफूतर्फ घुमाए । गोली लाग्ने बित्तिकै आमाको टाउकोबाट रगतको धारा बग्न थाल्यो । त्यसपछि बहिनीलाई लिएर अर्को कोठामा गए र त्यहाँको ढोका लक गरिदिए ।

हत्यारा छोराले प्रहरीलाई दिएको जानकारी अनुसार गोली लागेपछि आमा बेडमा छट्पटिन थालिन् । उनले आमालाई त्यहि हालतमा छोडेर बहिनीलाई लिएर अर्को कोठामा गए । अर्को गोली हान्ने इच्छा भएन । त्यसैले आमा कहिले मर्छिन् भनेर प्रतीक्षा गर्न थाले । हरेक घण्टा कोठामा जान्थे र आमालाई तड्पिरहेको देख्थे तर एकपटक पनि उनलाई बचाउने हो कि भन्ने सोच आएन ।

हरेक पल्ट आमालाई हेर्न जाँदा नाक नजिकै औँला राखेर सास चलिरहेको छ कि छैन भनेर हेर्थे । १० घण्टामा ८ पटक सास चले नचलेको हेरे । दिउँसो १२ बजे अन्तिम पटक जाँदा आमाको शरीरमा कुनै हलचल थिएन । सास रोकिइसकेको थियो । त्यसपछि मात्रै अब आमाको मृत्यु भइसकेको छ भनेर उनलाई विश्वास भयो ।

एडीसीपीका अनुसार साधनाको घरबाट पीजीआई अस्पतालको दुरी २ किलोमिटर टाढा थियो । गोली टाउकोबाट निस्केको थियो । समयमै उपचार पाएको भए उनको ज्यान बच्ने सम्भावना थियो । आरोपित छोराले प्रहरीलाई यसबारे जानकारी दिँदा एडीसीपीले रोष व्यक्त गर्दै र अफसोस जताउँदै भने, ‘काश कसैले घटनाबारे प्रहरीलाई जानकारी दिएको भए ।’

आमाको हत्यापछि हत्याराका छोराले शव ३ दिनसम्म घरमै राखे । प्रहरीले दिएको जानकारी अनुसार ५ जूनको बिहान बहिनीलाई कोठामा थुनेर आमाको स्कुटी लिएर बाहिर थए । बेलुका एक साथीलाई फोन गरेर बोलाए । बहिनीलाई अर्को कोठामा बन्द गरेर साथीसँग पार्टी गरे । साथीहरुले आमाबारे सोध्दा हजुरआमालाई भेट्न गएको भने ।

६ जुन दिउँसो करिब १२ बजे बहिनीले भोक लागेको बताइन् । त्यसैले छिमेकीको घरमा गएर आमा हजुरआमालाई भेट्न गएको र आफूलाई खाना बनाउन नआएको र बहिनीलाई भोक लागेको बताउँदै खानेकुरा ल्याए । बेलुका ५ बजे अर्का साथीलाई बोलाए ।

त्यसपछि ७ जून मंगलबार बेलुकासम्म घरमा असाध्यै धेरै दुर्गन्ध फैलियो । त्यसपछि उनलाई घटना लुकाउन अब मुश्किल भएको जस्तो लाग्यो । त्यसैले ७ बजेतिर पिता नविनलाई फोन गरेर हत्याबारे जानकारी दिए ।

यस मामिलामा नवीनकी आमा नीरजा देवीले नातिनी विरुद्ध बुहारीको हत्याको उजुरी दिएकी छन् । आरोपित छोरालाई बाल सुधार गृहमा पठाइएको छ । हत्यारा छोराका सैनिक बाबु नविनले रुँदै भने, ‘हरेक मानिसले आफ्नो छोरा–छोरीले हाँसीखुसी जीवन बिताओस् भन्ने चाहना राख्छन्, तर म मेरो छोरो जीवनभर जेलमा रहोस् भन्ने चाहन्छु, छोराले आफ्नो अपराधको पूरा सजाय पाओस् । यसका लागि हरसम्भव प्रयास गर्नेछु ।’

१० वर्षीया छोरीले सबै कुरा आफ्नै आँखाले देखेको बुवा नवीनले बताए । उनी प्रत्यक्षदर्शीको रुपमा अदालतमा हाजिर हुनेछिन् । छोरीलाई कसैले नभड्काओस् र यो मेन्टल ट्रमाबाट बाहिर निकाल्नका लागि उनले आफैँसँग राखेको पनि बताए ।दैनिक भाष्कर

प्रतिक्रिया दिनुहोस्