अफगानिस्तान: शक्तिशाली भूकम्प जाँदा 'कम्तीमा २५० जनाको मृत्यु, कैयौँ घाइते'

| २०७९ असार ८ गते १२: १२ मा प्रकाशित

अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको ज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्।एक स्थानीय अधिकारीले बीबीसीलाई २५० जनाभन्दा बढीको ज्यान गएको र त्यो सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।

काबुल गुरुद्वारा: दुई जनाको मृत्यु, आक्रमणकारीहरू पनि मारिए जहाँ नैतिकता प्रहरीहरू सर्वसाधारण मानिसको अनुहार, शरीर र दाह्री निगरानी गर्छन्
बालिकालाई विद्यालयमा बन्देज गरेपछि अफगानिस्तानमा ७२ अर्बका परियोजना रोक उनका अनुसार प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।

मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए।अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर गएको थियो।स्रोत - बीबीसी नेपाली 

प्रतिक्रिया दिनुहोस्