स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा महिला समाजको तीज कार्यक्रम हुँदै

| २०७९ भदौ ७ गते २१: ०० मा प्रकाशित

दोहा : नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा प्रत्येक वर्ष मनाउदै आएको तिज कार्यक्रमलाई  निरन्तरता दिदै यस वर्ष पनि समाजले "स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा" तीज विशेष तथा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

आउँदो २६ तारिख शुक्रबारका दिन ठिक बिहानको १२ बजेदेखी ओसिस बिच क्लवको सभाहलमा भब्य रुपमा आयोजनामा हुने कार्यक्रममा कतारमा रहेका विभिन्न  संघ संस्थाहरुको साथ सहयोगमा हुन लागेको समाजकि अध्यक्ष सरिता भन्डारी पौडेलले बताउनु भयो ।

कार्यक्रममा रेष्मी वि.क,रेविका तामाङ,समृद्धि सापकोटा,शान्ति वलि,जिया हमाल,कुजल पन्थी,प्रज्ञा न्यौरे,सपना परियार,सृष्टि श्रेष्ठ,बर्बी खड्का,आरोही थापा,दिया सिंह,आरुषी रिजाल,सृष्टि लामा,गुना मगर”निशु”जस्ता कलाकारहरुको बेजोड प्रस्तुतिमा भब्य रुपमा कार्यक्रम हुन लागेको हो । 

उक्त कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक तथा सामाजिक संघ संस्था प्रमुखहरु, पत्रकार ,ब्यवसायी, कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पुर्ण दाजुभाई तथा दिदि बहिनिहरु सबैमा कार्यक्रममा उपस्थित भई सफल बनाईदिनुहुन आयोजकले अनुरोध गरेको छ।

नेपाली महिला समाज कतारले, प्रबासमा रहेर विभिन्न महिलाहरुका समस्याका समाधानका साथै विविध सामाजिक कार्यहरु गर्दै आएको छ।त्यसैगरी विभिन्न सामाजिक कार्यहरु संगै स्वास्थ्य सम्बन्धी अभिमुखिकरण अनलाइन तालिमहरु समेत दिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्