बेलायतकी महारानी एलिजावेथको निधन

| २०७९ भदौ २३ गते २३: ३६ मा प्रकाशित

बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। 

अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राज बन्नेछन्।एजेन्सी 

प्रतिक्रिया दिनुहोस्