चर्चित गायक राजु लामा सहित मंगोलियन हार्टका कलाकारहरु इजरायलमा

| २०७९ भदौ ३० गते १७: ०० मा प्रकाशित

तेलअविव। नेपाल तामाङ घेदुङ इजरायलद्वारा तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम २०२२ का लागि चर्चित लोकप्रिय गायक राजु लामा सहित सम्पूर्ण व्याण्ड मेम्बरहरु इजरायल आईपुगेका छन् । 

इजरायलको बेन्गुरियन एयरपोर्टमा  मंगोलियन हार्ट ब्याण्डका कलाकारहरुलाई  स्वागत गर्न  घेदुङ इजरायलका  अध्यक्ष पेमा लामा,पुर्ब अध्यक्ष तथा संरक्षण समितिका सदस्य  उर्मिला पाख्रिन,वरिस्ठ उपाध्यक्ष एलिजा दोङ तामाङ,शंकर गोले तामाङ, कोषाध्यक्ष अनिता तामाङ, उपमहासचिव कुमारी गल्देन तामाङ लगायत एयरपोट पुगेका थिए। 

गायक राजु लामा लगायतले उक्त दिन कार्यक्रममै भेट्ने वाचा गर्दै सबैलाई सम्बोधन गरेका थिए। 

कार्यक्रम संयोजक बी बी लामा तामाङका अनुसार नेपाल तामाङ घेदुङ इजरायलले २०१८ मा स्थापना गरेको ‘तामाङ शैक्षिक अक्षयकोष’ वृद्धि गर्ने मुख्य उदेश्य साथ आयोजित सांगितिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिएका छन् ।  कार्यक्रम निर्धारित समय मै हुनु भएकाले टिकट लिनु भएका सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित हुन् हार्दिक अनुरोध गरेको छ । सांगितिक कार्यक्रमको टिकटहरु बिक्रि भईसकेकोले कार्यक्रम हलमा पुगेर टिकट लिन सम्भव नरहेको समेत जानकारी दिएका छन् । 

तामाङ शैक्षिक कोष अभिवृद्धि  गर्ने  उद्धेश्यका साथ आयोजित कार्यक्रममा इच्छुक सहयोगी मनकाधनिहरुले स्वइच्छा आर्थिक सहयोग  गर्न सक्ने र सहयोगी मनका धनीहरुलाई सोनाम ल्होछार कार्यक्रममा सम्मान कार्यक्रम रहेको बताएको छ ।स्रोत - तामाङ्ग अनलाइन 

प्रतिक्रिया दिनुहोस्