किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजित बलिहाङ कपको उपाधि हाइफा टाइगर लाई (भिडियो सहित)

| २०७९ असोज २४ गते २२: १८ मा प्रकाशित

खेमराज जमरकटेल ,इजरायल । लगातार पाँचौं पटकको बलिहाङ कप विजेता केवाईसीटिमलाई पाखा लगाउदै फाइनल पुगेको राइजिंग स्टार हराउदै पहिलो पल्ट छैठौ संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले उचालेको छ ।

अत्यन्तै रोमान्चक भएको फाइनल खेलको अन्तिम समयहरुमा ४-० को जित निकालेर राइजिंग स्टारको सपना अधुरो पार्दै वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले जित्न सफल भएको थियो ।

किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को आयोजना  अक्टोबर ०७ तारिख , २०२२ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक टिम केवाईसी, राइजिंग स्टार, दार्जिलिंग भेट्रान, हाइफा टाइगर, सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड सहित ६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पोल ए मा रहेको आयोजक केवाईसीलाई टाइब्रेकरमा र दार्जिलिंग भेट्रानलाई सेमिफाइनलमा सहज जित निकालेर राइजिंग स्टारले फाइनलका लागी बाटो तय गरेको थियो भने पोल बि मा रहेको हाइफा टाइगरले सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड  माथी हावी हुदै फाइनल सुनिचित गरेको थियो ।

अत्यन्त रोमान्चक भएको फाइनल खेलको अन्तिम समयहरुमा ४-० को जित निकालेर राइजिंग स्टारको सपना अधुरो पार्दै वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले जित्न सफल भएको थियो । जित संगै विजेता र उपविजेता टिमले क्रमस नगद ८ हजार, ४ हजार सेकल ट्रफी, सिल्ड प्राप्त गरेका थिए ।

प्रतियोगितामा हरेक खेलका म्यान अफद म्याच क्रमस निमा वान्ग्दी लेप्चा (राइजिंग स्टार), सुन्दर नेपाल (हाईफा टाईगर), दुर्गा लिम्बु (राइजिंग स्टार), प्रमोद लिम्बु (हाईफा टाईगर), सतिस लिम्बु (हाईफा टाईगर) ले प्राप्त गरेका थिए भने प्रतियोगिताको वेस्ट किपर सागर लिम्बु (हाईफा टाईगर), वेस्ट डिफेन्स प्रमोद लिम्बु (हाईफा टाईगर), धेरै स्कोर सुन्दर नेपाल (हाईफा टाईगर), वेस्ट प्लयेर अफ द टुडामेन्ट प्रताप लिम्बु (राइजिंग स्टार) ले पाउन सफल भएका थिए ।

 सुन्दर नेपाल (हाईफा टाईगर),

यस पटकको उपाधी दावेदारका रुपमा प्रमुख तिन टिम हाईफा टाईगर, राइजिंग स्टार र लगातार ५ पटक विजेता बनेको केवाईसीलाई हेर्ने गरिन्थ्यो । साबिक विजेतालाई नै पहिलो खेलमै आउट गराएको राइजिंग स्टारले अन्तत पछिलो समय स्टार खेलाडीहरु भनिएको हाईफा टाईगरको सामना थेग्न गाह्रो पर्यो अन्तत पहिलो पल्ट सहभागी भएको टाईगरले उपाधी जित निकालेर इतिहास रच्न सफल भयो ।

बलिहाङ कपमा नया रेकर्ड ।

लगातार पाँचौं पटकको बलिहाङ कप विजेता केवाईसीमा रहेर उपाधी जिताउन सफल भएका प्रविन लिम्बु छैठौ संस्करणबाट हाईफा टाईगर टिममा गएका थिए जुन टिमले छैठौ कप जित निकालेसंगै लगातार ६ उपाधि जित्ने पहिलो खेलाडीको रुपमा नयाँ रेकर्ड कायम गराएका छन् ।

प्रविन लिम्बु 

प्रतिक्रिया दिनुहोस्