बिहेमा हवाइ फायर गर्ने बेहुली फरार

| २०७९ चैत २७ गते १४: ११ मा प्रकाशित

काठमाडौं । भारतको उत्तर प्रदेशमा आफ्नै बिहेमा हवाइ फायर गर्ने एक जना बेहुली वेपत्ता भएकी छिन् ।

बिहेमा स्वयम्बर गरे लगत्तै दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेकी थिइन् ।

उनले हवाइ फायर भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । उनीविरुद्ध मुद्दा पनि दर्ता गरेको प्रहरीले जनाएको छ ।

भिडियोमा छेउमै बसेका एक जना युवकले स्वयम्बरपछि बेहुलीको हातमा रिभल्वर थमाउँछन् । जसबाट बेहुलीले चार राउण्ड हवाइ फायर गर्छिन् र रिभल्वर युवकको हातमा थमाउँछिन् ।

यो भिडियो बेहुलीकै एक जना साथीले सामाजिक सञ्जालमा राखेकी थिइन ।

प्रहरीले पक्राउ गर्ने डरले उनी वेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका धेरै ठाउँमा खुसीयाली मनाउँदा बन्दुक पड्काउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्