मनोरञ्जन

प्रेम कथाले भरिपुर्ण सुरेन गौतमको "सधै सधै" गित सार्वजनिक (भिडियो सहित)

२०७८ असार २७

काठमाण्डौ। नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारी बिचको अमर प्रेम कथालाई दर्शक र श्रोता समक्ष दमदार रुपमा प्रस्तुत गरेका छन् | सधै-सधै भन्ने शब्दले नै एउटा अमर प्रेमको कथा बोकेको र त्यो कथा अनुसार एकान्तमा गई चित्र कोरिएको र गाइएको दृश्य आफैमा उत्कृष्ट देखिएको छ | मिठो संगीत तथा कर्णप्रिय स्वरले सजिएको यो गीतमा पाल्पाको उत्कृष्ट दृश्यावलोकन गर्न पाइन्छ।