समाचार

मालारानीले ल्यायाे ६१ कराेड १४ लाख ९५ हजारकाे बजेट

२०८१ असार १०

पूजा केसि,मालारानी। मालारानी गाउँपालिकाकाको आ.ब २०८१।०८२ को लागी ६१ करोड १४ लाख ९५ हजारको बजेट प्रस्तुत भएको छ । पालिका उपाध्यक्ष दिपा पोख्रेलले आगामि आर्थिक बर्षको बजेट सभामा पेश गर्नु भएको हो । चालु तर्फ ४३ करोड ७९ लाख ९३ हजार र पूँजीगत तर्फ १७ करोड ३५ लाख २ हजार बिनियोजन गरिएको छ ।