पाणिनी गाउँपालिका

पाणिनीको धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन

२०८० भदौ ४

कमला घिमिरे ,अर्घाखाँची, ४ भदौ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको विकास सबैभन्दा महत्वपुर्ण रहेको बताएका छन् । पाणिनी–६ धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दे अध्यक्ष पौडेलले निर्माण भएको स्वास्थ्य चौकी भवनले अव स्वास्थ्यकर्मीहरुले सहजै राम्रो भवनमा बसेर सेवा दिनलाई थप टेवा पुग्ने बताए ।