मालारानी गाउँपालिका

अर्घाखाँची :६ वर्षीया बालिकामाथि जबरजस्ती करणी

२०८१ असार १९

अर्घाखाँची । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।