छत्रदेव गाउँपालिका

प्रचारप्रसार नहुँदा ओझेलमा छ अर्घाखाँचीको १३ तले आकाशदेवी मन्दिर

२०८० भदौ ८

अर्घाखाँची।  अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ ।