छत्रदेवमा राष्ट्रीय खोप कार्यक्रम दादुरा रुवेला खोप अभियान २०८०/०८१ गोष्ठी सम्पन्न

| २०८० फागुन ९ गते २२: १५ मा प्रकाशित

सुजन न्यौपाने।अर्घाखाँची जिल्लाको छत्रदेवमा गाउँपालिकाको आयोजनामा राष्ट्रीय खोप कार्यक्रम दादुरा रुवेला खोप अभियान २०८०(०८१ स्थानीय तह खोप समन्वय समिति तथा सरोकारवालाका लागि अभिमुखीकरण तथा  गोष्ठी कार्यक्रम गाउँपालिकाको सभाहलमा  सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा गाउँपालिका  उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, बिभिन्न वडाका वडाध्यक्षहरु  शिक्षा शाखा प्रमुख तुल्सी राम न्यौपाने, गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका प्रतिनिधी लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा सहजीकरण स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेले गर्नुभएको थियो । 

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक प्रतिनिधि, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष तथा अध्यक्षहरुले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संगै गाउँपालिकाका विभिन्न स्थानमा ४१ वटा खोप केन्द्रबाट १४५९ जना ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । यसकालागी स्वास्थ्यकर्मी, स्वयंसेवक तथा खोप लगाए पछि देखापर्ने अवान्छित घटनाको व्यवस्थान गर्ने टोलि खटिने छ । छत्रदेव गाउँपालिकामा कार्यक्रम फल्गुण १३ गते प्रारम्भ भै १८ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्