समाचार

यो लोभी,पापीहरुको सरकार हो, यसले केही गर्न सक्दैन् : एमाले नेता रायमाझी

२०७८ भदौ १९

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । उनले वर्तमान सरकार लोभी/पापीहरुको सरकार भएको बताएका छन् । आज नेकपा (एमाले) ले काभ्रेमा आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।