सन्धिखर्क को विहारमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किए : घाईते मोटरसाइकल चालकलाई बुटवल रिफर गरियो

| २०८१ जेठ ७ गते १३: ५५ मा प्रकाशित

सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा यात्रु सवार रहेको जिप र मोटर साइकल एक आपसमा ठोक्किदा सन्धिखर्क ११ रामपत निवासी कमल मुखिया घाइते भएका छन्। 

मालारानी को बाँगी बाट सन्धिखर्क आउँदै गरेको लु. १ ज. १९८७ नम्बरको यात्रु वाहक जिप र विपरित दिशा बाट आईरहेको लु. २३ प्.८८९ नम्बरको मोटर साइकल विहार नजिकै को  सडकमा एक्कासि ठोक्किदा मुखियाको खुट्टा भा'च्चि'न पुगेको खबर प्राप्त भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक घाइते कमल मुखियालाई  जिल्ला अस्पतालमा सामन्य उपचार पश्चात बुटवल रिफर गरिएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्